अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लु एच ओबाट बाहिरिने औपचारिक पत्र पठाउनु भएको छ ।
कोभिड-१९ महामारीको नियन्त्रणमा चीनको पक्षपोषण गरेको र महामारीमा नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोपमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य क्षेत्र हेर्ने राष्ट्र संघीय निकायसंगको सम्वन्ध तोड्ने निर्णय गर्नुभएको हो ।
स्वास्थ्य संगठनको भूमिकाप्रति प्रश्न उठाउदै उहाँले दुई महिना अघी नै त्यसकोसदस्यता छोड्ने र आर्थिक सहायता बन्द गर्ने बताउनुभएको थियो । उक्त निर्णयमा पुनर्विचार गर्न यूरोपेली आयोग लगायतका देश र स्वयं स्वास्थ्य संगठनले पटक पटक अमेरिकालाई आग्रह पनि गरेका थिए । तर अमेरिकाले भने सम्वन्ध तोड्ने र सहयोग रकम अन्यत्रै परिचालन गर्ने बताउनुभएको छ ।
डब्लु एच ओका प्रवक्ता स्टेफानी डुजारेकले आगामी बर्षको जुलाई ६ तारिखबाट सदस्यता छोड्ने आशयको अमेरिकी पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । डब्लु एच ओको मुख्य सहयोगी राष्ट्र अमेरिकालेसंस्थाको कूल वार्षिक बजेटको १५ प्रतिशतले हुन आउने ४ अर्ब डलर भन्दा बढी सहायता उपलव्ध गराइरहेको छ ।
डब्लु एच ओलेराष्ट्रपति ट्रम्पको यो निर्णयदुःखद भएको भन्दै निर्णय सच्चिनेमा विश्वस्त रहेको बताएको छ । अमेरिकी डेकोक्रयाट नेता जोन विडेनले पनि निर्णयप्रति असहमति जनाउनु भएको छ । आगामी राष्ट्रपतीय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराउनुभएका उहाँले आफू राष्ट्रपतिमा निर्वाचित भए लगत्तै डब्लु एच ओसंग पुनः सम्वन्ध स्थपित गर्ने पनि बताउनुभएको छ ।
