बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार ८२ जना नयाँ संक्रमित थपिए, कूल संक्रमित १६ हजार ८ सय १


  • माउन्टेन खबर
  • आइतवार, असार २८, २०७७
  • 656
    SHARES

काठमाडौं । नेपालमा आइतबार ८२ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ८ हजार १ सय ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनम उपचाररत रहेका छन् ।

आइतबार १ सय ४७ गरी आजसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् । आइतबार पीसीआर विधिबाट आज ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २३ हजार ७ सय ८४ जना रहेका छन् ।

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ । नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताउनुभयो ।

अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उहाँले बताउनुभयो । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)