बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार १ सय ८६ जनामा संक्रमण पुष्ठि,संक्रमितको संख्या १७ हजार ८ सय ४४


  • माउन्टेन खबर
  • सोमवार, साउन ५, २०७७
  • 831
    SHARES

काठमाण्डौं। सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

सोमबार कोरोना मुक्त भएर १ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ९ सय ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३३, बागमती प्रदेशमा ३ सय ९९ र गण्डकी प्रदेशमा ३ सय ८४ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १०, कर्णाली प्रदेशमा २ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित उपचाररत रहेका छन् । अहिले २२ हजार २ सय २८ जना देशभरीका क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)