मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड–१९ को महामारीका कारण गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय हवाई आवागमनमा ४.६ प्रतिशतले कमी


  • माउन्टेन खबर
  • आइतवार, साउन २५, २०७७
  • 1.1K
    SHARES

काठमाडौं। कोभिड–१९ को महामारीका कारण गत आर्थिक वर्ष (आव)मा मुलुकमा अन्तर्राष्ट्रिय हवाई आवागमनमा कमी आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा अन्तर्राष्ट्रिय हवाई आवागमन ४.६ प्रतिशतले घटेको छ । सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ४३ लाख ४२ हजार ४६८ यात्रुको आवागमन भएकोमा सन् २०१९ मा घटेर ४१ लाख ३८ हजार ४६३ मा सीमित भएको छ ।

आन्तरिक उडानमा भने हवाई यात्रुको सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रु आवागमन भएकामा सन् २०१९ मा यो सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भई ३१ लाख ८८ हजार ४७९ यात्रु आवागमन पुगेको प्राधिकरणको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

लामो समय लकडाउन गर्ने नेपालजस्ता मुलुकका हकमा हवाई यात्रु आवागमन नराम्रोसँग प्रभावित हुने प्राधिकरणको प्रक्षेपण छ । नेपालमा सन् २०२० को पहिलो ५ महिनामा गतवर्षको तुलनामा अन्तरराष्ट्रियतर्फ ६१ प्रतिशत र आन्तरिकतर्फ ५५ प्रतिशत हवाई यात्रु घटेको देखिन्छ । सन् २०२० को अवधिमा यो ८० प्रतिशतसम्म पुग्ने प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)