बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड–१९ को खोप विश्वका सबै मानिसको पहुँचमा पुर्‍याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठनको भनाई


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २७, २०७७
  • 392
    SHARES

जेनेभा।  निर्माणाधिन कोभिड–१९ को खोप विश्वका सबै मानिसको पहुँचमा पुर्‍याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्लुएचओको मुख्यालय जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम यो धेरै ठूलो रकम हो तर कोरोनाले विश्वकै स्वास्थ्य र आर्थिक क्षेत्र तहस नहस पारेकाले खोपका लागि लगानी गर्न पछि पर्नु नहुने बताउनु भयो । साथै जी–२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको खर्बौं डलरको तुलनामा यो रकम निकै सानो भएको डब्लु एच ओ प्रमुखको तर्क छ ।

कोरोना नियन्त्रण नभएमा स्वास्थ्य तथा आर्थिक सङ्कट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खोपको विकास, उत्पादन र कोभिड–१९ परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा विश्वव्यापी सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

विश्वमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड २ लाख नाघिसकेको छ । विश्वमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ५ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यसै गरी कोरोना संक्रमणकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या पनि ७ लाख ३८ हजार नजिक पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)