काठमाडौँ, २८ साउन । बुधबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, मोरङ र कपिलवस्तुमा कोरोना संक्रमितहरुको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १२ टेकु बस्ने ७८ वर्षिया वृद्धाको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा २८ गते मृत्यु भएको हो । धनुषामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको जनकपुर उपमहानगरपालिका ७१ वर्षिय पुरुषको २८ गते मेडिसिटी अस्पताल र ३८ वर्षिया महिलाको २८ गते नै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उहाँले बताउनुभयो ।
यस्तै धादिङको निलकण्ठ नगरपालिका १४ का ३२ वर्षिय पुरुषको २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । यसैगरी सप्तरीका ७२ वर्षिय वृद्धको पनि कोरोनाबाट मृत्यु भएको छ । मोरङको बुढिगंगा ६ का ५५ वर्षका पुरुषको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ गते उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । यसैगरी बुटवल कोभिड अस्पतालमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ तौलिहवा ४२ का पुरुषको २८ गते गते र बारा कलैयाका ७७ वर्षिय पुरुषको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
बुधबार पीसीआर विधिबाट १० हजार ४ सय ८१ गरी आजसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको कोरोना परीक्षण भएको छ । आज थप ४ सय ८४ जना नयाँमा कोरोना भाइरको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
प्रदेश नम्बर १ मा ३ हजार ६ सय २८, प्रदेश नम्बर २ मा १ हजार ५ सय ९४, बागमती प्रदेशमा १ हजार ७१ र गण्डकी प्रदेशमा ३ हजार ८ सय २९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९ सय ७९, कर्णाली प्रदेशमा ८ सय १२ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ३३ गरी देशभरी १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा रहेका छन ।
आज प्रदेश नम्बर १ मा ६ सय १४, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ५७, बागमती प्रदेशमा १ हजार ५ सय २४ र गण्डकी प्रदेशमा २ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५७, कर्णाली प्रदेशमा २ सय २० र सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ गरी देशभरी आइसोलेसनमा ७ सय ६ सय १३ जना आइलोसेलनमा उपचाररत रहेका छन ।
बुधबार ६४ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा १ हजार ४५, प्रदेश नम्बर २ मा ३ हजार ४ सय १७, बागमती प्रदेशमा ६ सय २५ र गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९४, कर्णाली प्रदेशमा १ हजार ९ सय २ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५८ गरी देशभरी १६ हजार ७ सय २८ जना संक्रमित निको भएर घर फर्किएका छन ।
