बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, साउन २९, २०७७
  • 560
    SHARES

काठमाण्डौ। नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षिय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए । यस्तै मोरङको विराटनगर महानगरपालिका—३ का ५७ वर्षिय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उहाँले बताउनुभयो । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३९ जना, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

आज प्रदेश नम्बर १ मा ७ सय २५, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ८९, बागमती प्रदेशमा १ हजार ७ सय ३ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा २ सय १६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ७० गरी देशभरी ८ हजार २५ संक्रमित उपचाररत रहेका छन । यस्तै होम आइलोसेनमा प्रदेश नम्बर १ मा ७२, प्रदेश नम्बर २ मा ९८ र बागमती प्रदेशमा ३६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७ गरी ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन ।

बिहीबार १ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ४९, बागमती प्रदेशमा ६ सय २७ र गण्डकी प्रदेशमा १ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ९ सय ७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८३ जना गरी आजसम्म १६ हजार ८ सय ३७ जना डिस्चार्ज भएका छन ।

देशभरीका क्वारेन्टिनमा क्वारेन्टिनमा १४ हजार ७ सय ५९ जना रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)