बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यस वर्षको ए लेभलको ग्रेडिङ बैज्ञानिक नभएको भन्दै विद्यार्थीहरुको प्रदर्शन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ३०, २०७७
  • 892
    SHARES

काठमाडौं ।यस वर्ष ए लेभलको ग्रेडिङ बैज्ञानिक नभएको भन्दै  विद्यार्थीहरुले लाजिम्पाट स्थित ब्रिटिस काउन्सिल अगाडि  प्रदर्शन गरेका छन्।

कोभिड-१९ का कारण यसपटक ए लेभलको परीक्षा संञ्चालन हुन नसके पछि क्याम्ब्रिज परीक्षा बोर्डले यो वर्ष शिक्षकलाई नै ग्रेड दिने अधिकार दिइएको थियो।

सोहि आधारमा शिक्षकले दिएको ग्रेडिङ ठीक नभएको भन्दै  विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन्। क्याम्ब्रिज परीक्षा बोर्डले विधार्थीहरुको विरोध पछि बेलायत लगाएत विभिन्न मुलुकमा ग्रेडिङलाई पूनरावलोकन समेत गरेको छ।

आफूलाई चित्त नबुझे बोर्डमा अपिल गर्नसक्ने व्यवस्था गरे संगै नेपाली विधार्थीहरु पनि आन्दोलित भएका हुन्। नेपालको अधिल्ला बर्षहरुको रिजल्टका आधारमा ग्रेडिङ निर्धारण गर्दा पढ्ने विधार्थीहरु मर्कामा परेको विधार्थीहरुको भनाई छ। अन्य मुलुकमा  झै नेपाली विधार्थीहरुको हकमा पनि संम्बन्धित विधालयले शिफारिस गरेको ग्रेडिङका आधारमा मूल्याङ्कन हुनु पर्ने माग नेपाली विधार्थीहरुको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)