काठमाडौँ, ३२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
