बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एसईई परीक्षाको नतिजा सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०७७
  • 505
    SHARES

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । उक्त बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।

यसवर्ष एसईईको परीक्षा लिन पाइएको थिएन । कोभिड–१९ को संक्रमणका कारण अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो । गत ६ चैतका लागि परीक्षा निर्धारित गरिएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । आज प्रकाशित नतिजा त्यसैका आधारमा निकालिएको हो । नतिजासम्बन्धी सम्पूर्ण विवरण आउन बाँकी रहेको बोर्डले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)