बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राखेपका बोर्डका नवनियुक्त सदस्यव्दारा पद तथा गोपनियताको सपथ


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०७७
  • 542
    SHARES

काठमाण्डौ। राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाउनुभयो । शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।

मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरेको थियो । उनीहरुले सोमबार मात्र सपथ लिएका हुन । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिनुभयो ।

मन्त्री विश्वकर्माले पछिल्लो समय खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताउनुभयो । मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाडै पूर्णता पाउने जानकारी गराउनुभएको थियो । त्यसका लािग गृहकार्य भईरहेको समेत विश्वकर्माले बताउनुभयो ।

नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }