शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीलाई फेरी फिटनेसको चिन्ता


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २, २०७७
  • 353
    SHARES

काठमाण्डौ। लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो । घरेलु अभ्यासमा सिमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो ।

सोमबार नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चित कालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ । तीन महिना लामो लकडाउन भएपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन । केही खेलकुद संघले मात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए । ब्याडमिन्टन, कराते, टेबल टेनिस जस्ता खेलले स्वास्थ प्रोटोकललाई पूरा गर्दा अन्य सुचारु गर्ने सोचमा थिए । अहिले ती नै खेलका खेलाडी पुन स्थगित हुँदा चिन्तित भएका छन् । यस्तै चिन्ताले सताएका फुटबल अन्जन विष्टले घरेलु अभ्यासबाट आपूmलाई फिट राख्ने प्रयास गरिरहेका छन् । खेल मैदानमा समूह गत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि पनि आपूmलाई फिट राख्न घरेलु अभ्यासमा ब्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट बताउँछन् ।

त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परिक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो । बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय सँगै खेलाडी निराश भएका छन् । सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी मारमा परेका छन् । ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनी बताउँछन् ।

पछिल्लो केही साताबाट काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो । खेलकुद क्षेत्रमा अहिले सम्म स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }