मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक उडान किन खुलेनन् वायुसेवा सञ्चालक संघ नेपालको सरकारलाई प्रश्न?


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०७७
  • 795
    SHARES

काठमाण्डौ,१८ भदौ। वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ ।

सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाई छ ।

सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पुरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु भएपनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उहाँले तिव्र असन्तुष्टि जनाउनुभयो । सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर संक्रमण नहुने अवस्थालाई मध्यनजर गर्दै काम गर्न सक्ने अवस्थामा वायु सेवा सञ्चालक भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछौटेपनका कारण उडान खुला हुन नसकेको उहाँको भनाई छ ।

 

भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन । प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने उहाँले बताउनुभयो ।

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्र र वायु सेवा क्षेत्रका लागि सकारात्मक निर्णय गरेपनि सरकारले अहिलेसम्म वायु सेवा क्षेत्रलाई पर्यटन उद्योगमा राख्ने की यातायातमा राख्ने भन्ने निर्णय समेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लक डाउन गरेको थियो । ४ महिनाको लक डाउन सकिएपनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन । सरकारले केही दिनअघि विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न उद्धार उडान र अन्तर्राष्ट्रिय नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । केही समय छोटो दुरीका यातायात खुलेपनि उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि यातायात सेवा पनि बन्द छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)