शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्तारुढ दल संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडी बढिरहेको काँग्रेस नेता प्रकाशमान सिंहको आरोप


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०७७
  • 425
    SHARES

काठमाण्डौ,२ असोज। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडी बढिरहेको आरोप लगाउनुभएको छ ।

सर्वोच्च कमाण्डर गणेशमानसिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा अवशरमा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडी बढिरहेको आरोप लगाउनुभएको हो । संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरी अगाडी बढिरहेको उहाँले बताउनुभयो ।

संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भएपनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पु¥याइरहेको बताउनुभयो । जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उहाँले बताउनुभयो । महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उहाँले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताउनुभयो ।


२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसकै अवशरमा नेता प्रकाशमान सिहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गर्नुभएको छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }