शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सम्झना विकको हत्यारालाई कारबाही गर्न माग


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 735
    SHARES
काठमाण्डौ,१० असोज।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी बझाङको मष्टा गाउँपालिकाका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि भएको हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।
“लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
नेविसङ्घका महामन्त्री दिपक भट्टराईले केही महिना पहिले नवराज विकलगायत युवाको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताउँदै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका विभेद र आक्रमण रोक्नका लागि कडा कानून बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }