बुधबार, अशोज १२, २०७९

क्रिकेट

दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग १५ रनले पराजित


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 387
    SHARES

काठमाण्डौ,१४ असोज। रसिद खानको कसिलो बलिङका कारण दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रनको मध्यम स्कोर बनाएको थियो । हैदराबादका लागि डेभिड वार्नरले ४५, जोन्नी बेयरस्टले ५३, केन विलियम्सनले ४१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

जितका लागि १६२ रनको लक्ष पाएको दिल्ली क्यापिटल्स २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । जसमा अफगानी बलर रसिद खानले दिल्ली क्यापिटल्सका तीन खेलाडीलाई पभेलियन फर्काए ।

रसिदले ४ ओभरमा १४ रनमात्र दिए जुन २०–२० क्रिकेटमा निकै दुर्लभ क्षण हो । रसिदको बलिङमा दिल्ली क्यापिटल्सका रिसभ पन्त, कप्तान श्रेयस ऐयर र शिखर धवन आउट भएका थिए । रसिद खान प्लेयर अफ दी म्याच घोषित भए ।

यसबाहेक भुवनेश्वर कुमारले पनि २५ रनमात्र दिएर २ विकेट लिए ।

 बुधबारको खेल राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्सबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ