काठमाडौं ,१४ असोज। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन् ।
यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या २३ हजार २ सय ५५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।