मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक छः अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 57
    SHARES

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

 

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गुणस्तरलाई कायम गर्न नसक्ने तर मेडिकल कलेज थप खोल्न नपाउने कुरा उचित नहुने बताउनु भयो । अध्यक्ष ढकालले मेडिकल कलेजहरुलाई राज्यले नियमन गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई नियमन र अनुगमन राम्रोसँग गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय धेरै नेपालीहरु विदेश गएको भन्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर सीपयुक्त जनशक्ति बाहिर पठाउने वातावरण राज्यले बनाउनुपर्ने बताउनु भयो । उहाँले नर्स पढेर नेपालमा १५ हजारको तलबमा काम गर्नुपर्ने तर विदेशमा त्यो भन्दा धेरै पाउने भएपछि नेपालमा त्यो जनशक्ति नबस्ने बताउनु भयो । उहाँले मेडिकल शिक्षा अध्ययनको लागि नेपालमा आउने विदेशी विद्यार्थीलाई तोकेर नै यति लाख मात्रै रकम लिनु भन्न नहुने बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् उत्तरदायित्व पुरा गर्दैनन् भन्ने सोच राख्नु गलत हुने बताउनु भयो । उहाँले निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने प्रवृत्ति पनि गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् । यिनीहरुको अरु उत्तरदायित्व केही छैन । व्यक्तिगत र व्यवसायीक हिसावले मात्रै काम गर्छन भन्ने आम पब्लिकको बुझाई गलत छ । निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने गरिएको छ । त्यो पनि गलत छ । सरकारका नियमनकारी निकायहरुले राम्रोसँग नियमन र अनुगमन गर्नुपर्छ । जहाँ हामी विदेशी गएका (ब्रेन रेन) कुरा गरिरहेका छौं । १५ देखि २० हजारको जागिर खाएर नर्सिङ पेशामा को नेपालमा बस्छ । मेरो आग्रह के छ भने निजी क्षेत्रलाई राम्रोसँग रेगुलेट गरौं । गुणस्तरलाई कन्ट्रोल गरौं । नियमनकारी निकायले गुणस्तर कन्ट्रोल गर्न नसक्ने तर नम्बरलाई मात्रै कन्ट्रोल गरेर गयौं भने आउने दिनमा अझ भयाभह हुन्छ । अहिले जुन सिप विना नेपालीहरु बाहिर गइरहेको छ । नियनकारी निकायहरुले गुणस्तरमा कन्ट्रोल गरौं । बलियो बनाऔं । विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीहरुबाट कलेजहरुलाई तोकेर यति लाख भन्दाबढी लिन पाउँदैन किन भन्नुहुन्छ । मेरो आग्रह छ । गुणस्तरको कन्ट्रोल गरौं । धेरै जनशक्ति उत्पादन गरौं । नयाँ ऐन आएपछि कतिपय कलेजहरु सिटिभिटि अन्तरर्गतका बन्द भएका छन् । एक जना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधार कारणबाट निजी क्षेत्रको लगानी नै कन्ट्रोल गराउनु राम्रो होइन । बाहिरी देशमा पढेर आउने विद्यार्थीको गुणस्तर राम्रो हुन्छ भन्ने मनस्थिति छ भने गुणस्तरमा कन्ट्रोल गरांै,विदेशी विद्यार्थीहरु पनि ल्याऔं । जतिसक्दो बढी जनशक्ति उत्पादन गरौं । अहिलेको जस्तो विदेश जाने क्रम रोकेर रोकिदैन ।’

 

उहाँले एक जना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधार कारणबाट निजी क्षेत्रको लगानी नै नियन्त्रण गराउनु राम्रो नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }