सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रश्ताव पारित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 67
    SHARES

 

काठमाडौं। ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रश्ताव पारित भएको छ ।

राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकमा सो प्रश्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । संकल्प प्रश्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो संकल्प प्रश्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिनुभयो । त्यसैगरी उहाँले सरकारले सो प्रश्ताव कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्न सभा अन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराउनु भयो । बैठकमा सो संकल्प प्रश्ताव सांसद कमला पन्तले पेश गर्नुभएको थियो भने सांसद पन्त प्रश्तावक रहनुभएको सां संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहनुभएको थियो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }