बिहिबार, अशोज २०, २०७९

महामारीको चपेटमा फुटबल


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 345
    SHARES

काठमाण्डौ,१४ असोज। नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छ । महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्न नसक्दा खेलकुद ठप्प भएको हो । कहिले सुचारु हुन्छ भन्ने अझै अन्योल छ । तर फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष माग गरेको छ ।

कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित भइसेकेको छ । महामारीको चपेटका बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किदा एसियाली केही राष्ट्रमा मात्र फुटबल फर्किएको छ । नेपालमा भने कोरोनाको कहर व्यापक हुँदा गतिविधि पनि शून्य नै देखिएका छन् । घरेलु प्रतियोगिताका प्राय ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनमै सिमित भएको छ । अहिले स्वास्थ मापदण्ड बनाएर अन्य खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन् । सरकारले अनुमति दिए अभ्यास थाल्ने तयारीमा खेलाडी छन् । फुटबल खेलाडी पनि त्यसैको पर्खाइमा छन् । अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताउनुभयो ।

खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन् । सिमित वातवरणले उनीहरुलाई पिरोलीरहेको छ । फिटनेस समस्याको चिन्ता पनि बढेको छ । घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन् । पछिल्लो समय मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रिपूर्ण खेल महत्वपूर्ण हुने र त्यसका लागि अभ्यास खाँचो भएको बताउँनुहुन्छ व्यवस्थापक मधुसुदन उपाध्याय ।

त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलानको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ । विज्ञको सर सल्लाहबाट खेलाडीले टिप्स पनि लिइरहेका छन् । फिफाको गाईड लाइन अनुसार घरमा सिमित भएका खेलाडीलाई शारीरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविस्कार पुडासैनले जानकारी दिनुभयो ।

तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन् । प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन् । त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन् । यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्नु पर्ने समय टड्कारो देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ