
काठमाण्डौ,१६ असोज। आर्सनलले टाइब्रेकरमा लिभरपुललाई ५–४ ले हराएर बिहीबार लिगकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रह्यो ।
यसअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो । बिहीबार दुवै टिमले आफ्ना दोस्रो रोजाइका खेलाडी उतारेकाले खेलको महत्त्व भने कम रह्यो ।