शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण ऋण लगानी गर्दै बागमती प्रदेश सरकार


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 976
    SHARES

हेटौंडा, १६ असोज । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि उक्त ऋण लगानी गर्ने निर्णय गरेको हो । कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी रूपमा सञ्चालनका लागि कार्यविधि समेत बैठकले पारित गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कार्यविधि अनुसार स्थानीय तहले सिफारिश गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ऋण लगानी गरिने जानकारी दिनु भयो । कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने अपेक्षा प्रदेश सरकारले गरेको छ ।

बेरोजगार युवालाई रोजगारीमा आबद्ध गरिने, फोहोरमैला व्यवस्थापन, महिला तथा दलित समुदायको उद्यमशीलता प्रवद्र्धन, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवद्र्धन, कोरोनाबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने मन्त्री ढुंगेलले जानकारी दिनु भयो ।

सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहनेछ । यसैगरी ऋण लगानी प्रक्रिया सहजीकरण तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको छ ।

प्रदेशले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वनजन्य वस्तुमा आधारित उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहोरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने तयारी गरेको कृषि विकास बैंक हेटौंडा शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)