बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ३६४ सङ्क्रमित थप


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २९, २०७७
  • 331
    SHARES
विराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷तीन, सङ्खुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका २२ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ । प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }