शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय फुबल टिम आफ्नो दोस्रो खेलका लागि ढाकामा प्रशिक्षणमा व्यस्त


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १, २०७७
  • 731
    SHARES

ढाका। नेपाली राष्ट्रिय फुबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।
पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताउनुभयो । पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफुहरु रहेको उहाँले बताउनुभयो । कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उहाँले बताउनुभयो । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरुलाई सच्याउने पनि उहाँले बताउनुभयो ।

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाई छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)