मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्याराग्लाइडिङमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ११, २०७७
  • 714
    SHARES

पोखरा । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् ।

लामो समयको लक डाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उड्ने गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।

सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अहिले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले अहिले ५० प्रतिशत छुट दिएपछि आन्तरिक पर्यटकको अकर्षण बढ्दो छ । प्रकृतिसँग रमाउनेहरुका लागि राम्रो माहोल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उहाँले बताउनुभयो ।

अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ । समय तालिका मिलाएर उडानको अनुमति दिइएको उहाँले बताउनुभयो ।  एकैसमयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्यण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो ।

अहिले पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् । कोभिड १९ लाई मध्यनजर गर्दै सरकारले लागु गरेको सुरक्षा मापदण्ड भित्र रहेर पोखरामा प्याराग्लाइडिङ संचालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)