मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांस्कृतिक र धार्मिक केन्द्र जोगाउने दायित्व सबैको हो : मन्त्री भट्टराई


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ११, २०७७
  • 433
    SHARES

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताउनुभएको छ ।

मावन सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्र्वद्धनमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतिकहरु रहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

चतुव्र्यूह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘नेपालमा जतिपनि मन्दिरहरु छन् । सांस्कृतिक, धार्मीक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतिकहरु हुन् । हामी छिच्छिविकालमा कस्तो थियौँ । मल्लकालमा कस्तो थियौँ भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन् । ऐतिहासिक ठाउँहरुको संरक्षण र संवद्र्धन गरी युगयुगसम्म पनि बनाउनुपर्ने दायित्व हामी सबैको हो ।’’

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी—भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो । एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

आज हरिबोधनी एकादशीको अवशरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो । मन्त्री भट्टराईसँगै, सांसद थापा, भिमसेनदास प्रधान, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)