मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्वतीय उडान

यती एअरलाईन्सको पर्वतीय उडान मंसिर २० बाट पुन सुरु

एक टिकट किन्दा अर्को टिकट निःशुल्क


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १४, २०७७
  • 680
    SHARES

काठमाडौँ १४ मंसिर । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आगामी मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः सुरु गर्ने भएको छ ।

आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न गन्तव्यहरुको लागि न्युनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको हो ।

‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । यती एअरलाइन्सले नेपाली यात्रुका लागि रु आठ हजार ९९९ र नेपालमा बसोवास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४९९ मा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुकालागी विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाईन्सले माउण्टेन फ्लाईटको लागी समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहनुभएका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिएको बताउनुभयो । “हामिले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिदेखीनै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम को साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ”,– उहाँले भन्नुभयो । अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित पर्वतीय उडानहरु हुनेछन ।

यती एअरलाईन्स संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ प्रबद्र्धनका लागी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनडिपी) को साझेदार संस्था हो । यो एअरलाईन्स दिगो विकास लक्ष्यको एक हिस्साको रुपमा रहेको ‘कार्बन न्यूटर्ल’ गर्ने दक्षिण एशियाकै पहिलो र एकमात्र एअरलाईन्स हो । यती र भगिनी संस्था तारा एअरले नेपालका सवैभन्दा धेरै गन्तव्यहरुमा उडान सेवालाई दिंदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)