बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रात्रीकालिन व्यवसाय संञ्चालन गर्न पाउनु पर्ने माग राख्दै व्यवसायी सडकमा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १८, २०७७
  • 588
    SHARES

काठमाडौं । ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण आठ महिना देखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अबपनि व्यवसाय सूचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताउनुभयो । ठमेलको रात्रीकालिन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरुले माग गरेका छन् । सबै आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाई छ । अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देउ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)