डिसेम्बर १२, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा एक पुरस्कारको स्थापना गरेको छ ।
पुरस्कारको नाम “अनेसास सताप्दीपुरुष सत्यमोहन जोशी पुरस्कार” रहेको छ । सो महत्वपूर्ण पुरस्कारका दाता हाल जापानमा ब्यवसाय गरी बसेका एक सफल ब्यापारि तथा हाल अनेसास केन्द्रिय कार्य समितिका अध्यक्ष प्रकाश पौडेल “माईला’ रहेका छन् ।
हरेक दुई बर्षमा प्रदान गरिने यस पुरस्कारको राशी अमेरिकि डलर १ हजार १ डलर रहेको छ । सो पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर पनि नेपाली भाषा, साहित्य एवं संस्कृतिका विभिन्न क्षेत्रमा काम गरी विशिष्ट योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।
