शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक एवं सर्जक प्रकाश सपुतलाई आदर्श विशेष सम्मान


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २९, २०७७
  • 1.6K
    SHARES

बागलुङ।  आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताउनुभयो ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै हुनुहुन्छ । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताउनुभयो ।

‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)