आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोक -लघुकथा


  • -खेमराज पोखरेल सान एण्टोनियो, अमेरिका
  • शुक्रबार, पुस ३, २०७७
  • 1.7K
    SHARES

 भोक 

ऊ गरिब छ । केटाकेटीलाई स्कुलको फि तिर्न पैसा छैन । खानलाई पउल खानेकुरा छैन । जाडोमा लाउने यथेष्ट लुगा छैन । बग्रेल्ती छोराछोरी छन् । कान्छो छोरो सिकिस्त बिरामी छ । डाक्टर निकै टाढा छन् । त्यसैले बिजुवा बोलाएर ल्यायो ।जोखाना हेरेर बिजुवाले भने – लागो भागो छ । प्रेत आशले यतै घुमिरहेको छ । प्रेतलाई १६ प्रकारका खाने कुरा खुवाइ पियाइ उसको आश पूरा गरिदिनु पर्छ  ।

उसले ऋण काढेर सरसामान किन्यो । १६ परिकार बनायो । १६ परिकार बने पनि परिवारका सदस्यले खान पुग्ने पर्यापत थिएन । खान पाएनन् । बिजुवा चिन्ता बस्यो । फुकफाक गरे । चम्मर हल्लाए । घण्ट बजाए । एउटा ठूलो टपरीमा १६ परिकार सजाएर राखियो । टपरीलाई बोकेर मन्साउन ऊ हिँड्यो । उसको काइँलो छोरो सुस्तरी उसकै पछि लाग्यो । मन्साउन सडकको दोबाटोमा राखिदियो । त्यसलाई पूजा गरेर धूप बाल्यो । र ऊ हिँड्न थालेको थियो । पछि पछि आइरहेको काइँलो छोरोले मन्साएका ती समान स्कुल जाने झोलामा हाल्न थाल्यो । बाउले यो दृश्य देखिहाले र एकाएक कराए – ए बाबु, त्यो मन्साएको हो खान हुँदैन ।
छोराले जवाफ दियो – बाउ, भोक लागेको छ नि त !

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)