सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन व्यवसायी महिला सङ्घ नेपालमा रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


  • माउन्टेन खबर
  • शनिबार, पुस ४, २०७७
  • 642
    SHARES

पोखरा, ४ पुस। पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

सङ्घको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमल्सिना (सुवेदी) र सरिता क्षेत्री रहनुभएको छ ।

यसअघि साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना कहरका कारण समस्यामा परेको पर्यटनलाई जोगाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । व्यवसायलाई दीगो राख्न सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको उहाँले उल्लेख गर्नुभयो

। टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ महिला पर्यटन व्यवसायी सङ्गठित बनेको बताउनुभयो । कोरोनाको कहरले पर्यटन क्षेत्रमा अतुलनीय क्षति पु¥याए पनि आगामी दिनका लागि धेरै पाठ सिकाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेल, पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचन, टेवानका उपाध्यक्ष रेनु थापा, महासचिव कमला गिरीलगायतले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनःउत्थान गर्नु अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }