१० पुस ,काठमाडौँ– शुक्रबार बिहान फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६.३ म्याग्निच्युडको भुकम्प गरेको हो।
भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट धनजनको क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७.४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।
फिलिपिन्स र यसका आसपासका मुलुकहरुलाई भूकम्पीय दृष्टिकोणबाट निकै जोखिमपूर्ण मानिन्छन् ।
