शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डिपीको ‘नौतल्ले घर’मा सरोज र आश्मा


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 588
    SHARES

१२ पुस , काठमाडौं । गायिका तुलसा लिम्बुको सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘नौतले घर’ मा नेपाल आइडल प्रतिस्पर्धी प्रताप दास र गायिका तुलसा लिम्बुको युगल स्वरलाई सुन्न सकिन्छ। डिपी खनालको शब्द तथा तारा प्रकाश लिम्बु को संगीत रहेको यस गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।

डान्सिङ्ग नम्बरको यस गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्यलाई देख्न सकिन्छ ।

नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नविन निरौलाको सम्पादन रहेको छ । गम्भीर बिस्टको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)