आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या झन्डै ५० हजार


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 501
    SHARES

१२ पुस ,लण्डन । विदेशमा कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड – १९’ को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।
कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय छ भने २ लाख ४९ हजार १ सय ३२ जना अर्थात ९६.७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)