शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गिरिजाप्रसाद कोइराला तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता फागुनमा


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 1.3K
    SHARES

मोरङ, १२ पुस । शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अगामी फागुन महिनामा प्रदेश नम्बर एकको राजधानी बिराटनगरमा हुने भएको छ ।

मोरङ जिल्ला हक्की संघका उपाध्यक्ष राजेस गुप्ताको अध्यक्षतामा शनीवार बसेको जिल्ला हक्की सघ्को बैठकले अगामी फागुन ४ गतेबाट प्रदेश नम्बर एक को राजधानी बिराटनगरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । उक्त अवसरमा गुप्ताको अध्यक्षयतामा प्रतियोगिता आयोजक समिती बनाईएको छ ।

यसअघि २०७५ मा प्रतियोगिताको पहिलो संस्करण झापामा तथा दोस्रो संस्करण २०७६ को माघ महिनामा बिराटनगरमा आयोजना भएको थियो । झापामा भएको प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो ।

बिराटनगरमा भएको दोस्रो संस्करणको रोमान्चक फाईनलमा प्रदेश ५ ले अघिल्लो संस्करणको विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको थियो । फागुन ४ देखी ८ गतेसम्म हुने प्रतियोगिता प्रदेश नम्बर एक को राजधानी बिराटनगर स्थित शहिद रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हकी टोली विश्व वरियतामा हाल ८४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)