शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

र्याप र आधुनिकको संयोजन ‘भट्टीवाली’ बजारमा(भिडियो)


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 888
    SHARES

१२ पुस , काठमाडौं । आधुनिक र र्यापसहित समावेश गरिएको ‘भट्टीवाली’ शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

जगत तिरुवाको र्याप रहेको यस गीतमा युवापुस्ताका चर्तित गायक प्रताप दासको स्वर रहेको छ। गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने यस गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका छन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

डान्सिङ शैलीको यस गीतमा युवा युवती बीचको प्रेमलाई आकर्षकरुपले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा , रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गर्नुभएको छ । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)