डिसेम्बर २७,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको विधान २०१२ को पहिलो संशोधन (२०२०) हालै संशोधनभएको छ । कोलोराडो शाखाका ९४ आजीवन सदस्यहरुमध्ये ७५ जनाअर्थात् ७९.७९% ले मतदान गरी संशोधन गरिएको छ ।
२०१२ मा पारित संस्थाको विधानमा समयानुकूल संशोधन, सदस्यहरुबाट प्राप्त सुझावहरु, कार्यगत कठिनाई र अनुभवहरुलाई समाधान गर्न सुझाव पेश गर्न पदमविश्वकर्माको संयोजकत्वमा समाजसेवी रमेश गुरुगं, श्यामश्रेष्ठ, विजयदेव अधिकारी र राजु सिटौला सदस्य रहेको विधान संशोधन समिति गठन गरिएको थियो ।
विधान संशोधन समितिले धेरै पटक छलफल, अन्तरक्रिया गरी सदस्यहरुबाट प्राप्त सुझावको आधारमा समेत विधान संशोधनको सुझाव पेश गरेको थियो ।
संशोधन मस्यौदा अनुमोदनको निमित्त डिसेम्बर १९, २०२० देखि डिसेम्बर २५, २०२० सम्म इमेल मार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो ।नयाँनिर्मित विधानअनुसार अब नेपालीमाअनेसास कालोराडो शाखा र अग्रेजीमा INLS COLORADO CHAPTER रहने छ ।
