शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अघिल्लो वर्ष रोकिएको नेफ्टा अवार्ड आगामी फागुनको अन्तिम साता हुने


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 531
    SHARES

१३ पुस, काठमाडौं। कोरोनाका कारण गत वर्ष हुन नसकेको १० औं नेफ्टा अवार्ड यो बर्ष आयोजना हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघका अनुसार आगामी फागुनको अन्तिम साता अवार्ड आयोजना हुनेभएको हो।

चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डका लागि उत्कृष्ट पाँच मनोनयन माघ १० गते सार्वजनिक गरिने बताइएको छ । अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेलले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि यही बर्ष नै अवार्ड आयोजना गर्न लागिएको उल्लेख गरिएको छ ।

ड्रिम हाइ नेपालका प्रमुख कमल जीसीले उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको दिन नै अवार्डको मिति सार्वजनिक गरिने बताउनुभएको छ। कोरोना सुरक्षालाई ध्यानमा राखी सम्पूर्ण सुरक्षाका मापदण्डसहित अवार्ड संचालन गरिने उहाँले बताउनुभएको छ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड चलचित्र क्षेत्रकै प्रतिष्ठित अवार्ड मध्येको एक मानिन्छ । तर, पछिल्लो केही बर्षदेखि नेफ्टा अवार्ड नियमित रुपमा आयोजना हुन नसकेको भन्दै संघले क्षमा पनि मागेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)