१३ पुस, वुहान। चिनियाँ सरकारले वुहानामा कोरोना भाइरसको महामारीबारे समाचार बनाउने एक महिला पत्रकारलाई जेल सजाय तोकेको छ।
पूर्व वकिल तथा पत्रकार जाङ्ग जानलाई दोषी ठहर गरि स्थानिय अदालतले सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।
गएको मे महिनामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ३७ वर्ष कि उनी केही महिना अघि देखि भोकहड्तालमा पनि बसेकी थिइन् । उनको स्वास्थ्य अवस्था कमजोर रहेको उनका वकिलले बताएका छन् ।
जाङ्ग सोमबार बिहान वकिलसहित अदालत पुगेकी थिइन् ।
पाँच वर्षको जेलसजाय माग गरिएको भए पनि अदालतले चार वर्षको सजाय तोकेको हो ।
उनी नागरिक पत्रकार हुन्, जसले कोरोना भाइरसको उद्गमस्थल वुहानबारे खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित धेरै नागरिक पत्रकार चीनमा समस्यामा परेका छन् ।
