आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास एसिया क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १४, २०७७
  • 1.2K
    SHARES

डिसेम्बर २८, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ ।

केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान च्याप्टरका अध्यक्ष गिरिजा गैरे, कतार च्याप्टरका अध्यक्ष सीताराम थापा, मिजोरम च्याप्टरका अध्यक्ष डा. गुनु घर्ती, कुवेत च्याप्टरका अध्यक्ष हिमाल अञ्जान, साउदी अरब च्याप्टरका अध्यक्ष नमराज लामिछाने, नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरीलगायतका एघार च्याप्टर प्रतिनिधिहरूले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा , उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले भेलाको उपादेयताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू दीप पाठक, प्रमोद सारंग, निजानन्द मल्ल, माया गुरूङलगायतले पनि सहभागिता जनाएका थिए ।

अनेसासका केन्द्रीय सल्लाहकारद्वय राधेश्याम लेकाली र डा. लक्षणप्रसाद गौतमको शुभकामनासहित अनेसास बोर्ड अफ ट्रष्टिका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)