शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण रोकिएको साफ च्याम्पियनसिप आगामी वर्ष कात्तिकमा


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १४, २०७७
  • 384
    SHARES

१४ पुस,काठमाडौं। दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ ।

सोमबार भएको कार्यकारी समितिको भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता नेपाली समय अनुसार आगामी वर्ष २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।

यो वर्ष गर्ने भनिएको फुटबल प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण आगामी वर्षलाई नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ ।

महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)