आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवन समाज अमेरिकाको तेश्रो अधिवेशन सम्पन्न


  • माउन्टेन खबर
  • बुधबार, पुस १५, २०७७
  • 537
    SHARES
डिसेम्बर २९, आमेरिका । आज चितवन समाज अमेरिकाको तेश्रो अधिवेशन सम्पन्न भएको छ  । सो अबसरमा शिवकमल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा सारदा क्षेत्री तथा दितिय उपाध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन्।
त्यसैगरी संस्थाको महासचिवमा राजेश सापकोटा, कोषाध्यक्षमा रईस बर्तौला रहेका छन् । सदस्यहरुमा श्रृजना गिरी, पारस खरेल, धुतराज लामा, लक्ष्मण वाग्ले, राजेन्द्र सापकोटा, कमल कँडेल, शिव भण्डारी तथा विकास आचार्य चयन भएका छन् । आज सम्पन्न भेलाले वेदप्रसाद खरेल, रवीकिरण कोईराला, प्रभातराज सापकोटा, किरण मरहट्ठा, सूर्य लम्साल र राजु रौनियार सहित छ जनाको सल्लाहकार समिति बनाएको छ ।
सो भेला गैह्र आवासीय नेपाली संघ अमेरिकाका केन्द्रीय उपाध्यक्ष बि.आर. लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । उक्त कार्यक्रममा न्यूयोर्क स्थित एल्महस्ट कम्युनिटि हस्पिटलका बोर्ड मेम्बर तथा जनजाति महासँघ अमेरिकाका पूर्व अध्यक्ष लुईस्याङ वाईबा, गुल्मी समाज अमेरिकाका अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार हरिनारायण सापकोटा, जनसम्पर्क समितिका सल्लाहकार कृष्ण बहादुर विष्ट, एल्महस्ट कम्युनिटि हस्पिटलका बोर्ड मेम्बर यादव बाँस्तोला, नेपाल विद्यार्थी संघका नेता सुजन खनाल रिजउडकी समाजसेवी कला खरेल लगायतका व्यक्तित्वहरुकोे अतित्थ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)