१५ पुस , काठमाडौं। नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहेर आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदानगरी देशदेशान्तरमा नेपाली भाषासाहित्यको गरिमा बढाएवापत कविवर श्री शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
यसैगरी पच्चीस हजार रुपियाँ राशिसहितको ‘भद्र घले पदक’ नेपाल पत्रकार महासङ्घका पूर्व सभापति श्री तारानाथ दाहाललाई प्रदान गरिने भएको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत दाहाललाई समर्पण गरिने भएको हो ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निणर्य गरेको हो ।
