१७ पुस, काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतीमा प्रदर्शनमा ल्याउन लागिएको निर्माण युनिटले जनाएको छ ।
निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की देखिएका छन् ।
शिव श्रेष्ठ, प्रियंका कार्कीसंगै आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारहरुको अभिनयलाई देख्न सकिन्छ।
दीपेश सापकोटाको निर्देशन रहेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको हो । यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा रहेका छन् ।
