आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पको भिटो अमेरिकी संसदद्वारा अस्वीकार


  • माउन्टेन खबर
  • शनिबार, पुस १८, २०७७
  • 798
    SHARES

न्यूयोर्क.१८ पुस।  अमेरिकी संसदका दुबै सदनले पारित गरेको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्नुभएको भिटो अमेरिकी संसद कँग्रेसले अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकालमै पहिलोपटक यसरी संसदले राष्ट्रपतिले प्रयोग गरेको भिटो अस्वीकार गरेको हो । रिपब्लिकनहरुकै नियन्त्रण रहेको सिनेटमा नयाँ वर्षकै दिन विशेष अधिवेशन आव्हान गरी विधेयकका विषयमा छलफल गरिएको थियो ।

सिनेटमा विधेयकको पक्षमा ८१ र विपक्षमा १३ मत परेको छ । यस अघि नै प्रतिनिधिसभाबाट विधेयक पारित भइसकेको थियो । राष्ट्रपतिले प्रयोग गरेको भिटो रोक्न दुबै सदनमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ । रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका तर्फबाट आगामी वर्षका लागि ल्याएको ७ सय ४० विलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक ल्याएको हो ।

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा राष्ट्रपति ट्रम्पको विरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)