शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘सिनेमा घर गोल्ड’मा रु. ५ सय मै चलचित्र हेर्न सकिने


  • माउन्टेन खबर
  • आइतवार, पुस १९, २०७७
  • 538
    SHARES

१९ पुस ,काठमाडौं। अब ‘सिनेमा घर गोल्ड’ एपमा ५ सय रुपैयाँमा नै चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने भएको छ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘सिनेमा घर गोल्ड’ का प्रमुख खगेन्द्र लामिछानेले रु. ५ सयमा नै बर्षभरी चलचित्र हेर्न सकिने बताउनुभएको हो।

भारत लगायत विश्वका चलचित्र बजारमा यस प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहे पनि नेपाल भने यो नयाँ प्लेटफर्म हो। लकडाउनका कारण हल बन्द भएपछि विश्व लगायत नेपालमा पनि यो माध्यम केहि सशक्त बनेको छ।

हाल यो एपमा ‘डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न सकिन्छ । खगेन्द्रका अनुसार वर्षमा डेढ दर्जन चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी र सर्ट मुभिज हेर्न सकिनेछ ।

कलाकारको परिश्रमको मूल्य बुझ्दै आफुले यस प्रकारको प्लेटफर्म नेपालमा भित्राएको बताउदैं खगेन्द्र लामिछानेले दर्शकहरुलाई पनि कलाको सम्मान गर्दै सहि मूल्य चुकाएर चलचित्र हेर्न आग्रह गर्नुभएको छ।

साथै चलचित्र पाइरेसी हुने सन्दर्भमा भने सुरक्षाको व्यवस्था कडा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)