आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अफगानिस्तान र तालिबानविच पुन: वार्ता सुरु


  • माउन्टेन खबर
  • आइतवार, पुस १९, २०७७
  • 510
    SHARES

१९ पुस , काबुल। अफगानिस्तानमा राजनीतिकप्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता सुरु भएको छ ।

महिनौँदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ । तर, दुवै पक्षबीच गत वर्षका वार्ताहरुमा आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ, जसलाई सुखद् मानिएको छ ।

अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धविराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेषरुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

महिनौँदेखिको ढिलाइपश्चात् संघर्षरत् पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा सुरु भएको थियो । तर, छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो ।

अमेरिकी घनीभूत कुटनीतिक प्रयत्नपश्चात् दुवै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो ।

गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मेभित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता सुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आक्रमणहरु भइरहेका छन् ।

काबुल प्रान्तका डेपुटी गभर्नर, पाँचजना पत्रकार र एकजना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् । तर, अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिई आएको छ ।

गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)