शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिलानले इन्टरलाई उछिन्यो


  • माउन्टेन खबर
  • सोमवार, पुस २०, २०७७
  • 346
    SHARES

मिलान । इटालीको सिरी ए को शीर्ष स्थानमा एसी मिलानले इन्टर मिलानलाई उछिनेको छ । उसले आइतबार बेनेभेन्टोलाई २-० ले हराएको छ । दश खेलाडीमा सीमित मिलानका लागि फ्रान्क केसीले पहिलो गोल गरे ।

दोस्रो गोल राफेल लिओले गरे । यो जितपछि एसी मिलानको ३५ खेलबाट ३७ अंक भएको छ र फेरि शीर्ष स्थान कब्जा गर्न पनि सफल रह्यो । यसअघि इन्टरले क्रोटोनेलाई ६–२ ले हराएर केही समयका लागि पहिलो स्थान हात पारेको थियो ।

इन्टरको त्यस जितमा लउटारो मार्टिनेजले ह्याट्रिक गरे । इन्टरको ३६ अंक भएको छ । आइतबार नै क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले युडिनेजीलाई ४–१ ले हरायो । युभेन्ट्स २७ अंकमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)