आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मतपरिणामलाई प्रभाव पार्न ट्रम्पले गरेको फोनवार्ताको रेकर्ड बाहिरियो


  • माउन्टेन खबर
  • सोमवार, पुस २०, २०७७
  • 439
    SHARES

२० पुस ,वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्वर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यको मतपरिणामलाई प्रभाव पार्न अन्तिम समयसम्म पनि प्रयास गरेको खुलेको छ।

वासिङ्टन पोष्ट समाचार पत्रले ट्रम्पले गत शनिबार जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई गरेको एक घन्टा लामो फोन वार्ता सार्वजनिक गरेको छ।

जर्जियामा १६ इलेक्टोरल कलेज भोट छन्। नोभेम्बर ३ को निर्वाचनबाट बाइडेनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २३२ भोट पाएका छन्।

फोन वार्ताका क्रममा रिपब्लिकन पार्टीका नेतासमेत रहेका राफेन्सपर्जरले ट्रम्पलाई सम्झाउन खोज्छन्। उनले ट्रम्पलाई ‘मिस्टर प्रेसिडेन्ट, तपाईंसँग भएको तथ्यांक सही छैन’ भन्दा ट्रम्पले घरि थर्काउने, घरि धम्क्याउने र घरि अनुनय-विनय गरेको वासिङ्टन पोष्टले उल्लेख गरेको छ।

‘जर्जियाका मानिस रिसाएका छन्, देशभरिका मानिस रिसाएका छन्,’ फोनमा ट्रम्प भन्छन्, ‘तपाईंलाई थाहा छ, फेरि मतगणना गरें भन्दा केही गलत हुँदैन।’

उनले आफूले लाखौं भोट ल्याएकाले जर्जियामा हार्न नचाहेको कुरा पटक-पटक दोहोर्‍याएका छन्।

ट्रम्प र राफेन्सपर्जरबीचको फोन वार्ताबारे दुबै पक्षले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। डेमोक्र्याटिक पार्टीका नेताहरूले भने ट्रम्पले ह्वाइट हाउसमा बसेर पद र शक्तिको दुरूपयोग गरेकाले उनीविरूद्ध अनुसन्धान हुनु पर्ने माग गरेका छन्।

अमेरिकाका सबै राज्यहरूले राष्ट्रपति चुनावको अन्तिम परिणाम पठाइसकेका छन्। बुधबार राष्ट्रपति चुनावको अन्तिम परिणाम सार्वजनिक हुँदैछ।

राष्ट्रपति निर्वाचित बाइडेनले २० जनवरीमा सपथ लिनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)